दफा ५६क
भ्रष्टाचारजन्य कार्यको परिणाम
(१) भ्रष्टाचारजन्य काम कारबाहीको कारणबाट कुनै सहुलियतपूर्ण करार (कन्सेशन कन्ट्रयाक्ट) वा त्यस्तै प्रकृतिको अन्य लिखत भएको रहेछ भने प्रचलित कानूनमा: जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट भ्रष्टाचार ठहर भएको आधारमा त्यस्तो करार वा लिखत खारेज वा रद्द गरिनेछ र त्यस सम्बन्धमा अन्य कानूनी/कारबाही हुने भएमा सो बमोजिम कारबाही समेत गरिनेछ।

(२) उपदफा (१)- मा लेखिएको कुनै पनि कुराले असल नियतबाट प्राप्त गरेको तेस्रो पक्षको हकलाई प्रतिकूल असर पुन्याएको मानिने छैन।